आईपीओ निष्कासन बन्द माघ ११ गते हुने छ । न्युनतम ५० देखि अधिकतम ७ हजार ३८० कित्तासम्म आवेदन दिन पाइने सिद्धार्थले जानकारी दिएको छ । शिवश्रीले इक्रा नेपाल लिमिटेडबाट ग्रेड ४ प्रमाणपत्र पाएको छ ।
काठमाडौं । निजी लगानीमा स्थापना भएको शिवश्री हाइड्रोपावर लिमिटेडले पुस २७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयबासिन्दालाई १४ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको १४ लाख ७६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका, बाह्रबीसे नगरपालिका र सुनकोसी गाउँपालिकाका स्थानीबासिन्दाले आईपीओ भर्न पाउने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।
आईपीओ निष्कासन बन्द माघ ११ गते हुने छ । न्यूनतम ५० देखि अधिकतम ७ हजार ३८० कित्तासम्म आवेदन दिन पाइने सिद्धार्थले जानकारी दिएको छ । शिवश्रीले इक्रा नेपाल लिमिटेडबाट ग्रेड ४ प्रमाणपत्र पाएको छ ।
कम्पनीले २२.२ मेगावाट क्षमताको माथिल्लो चाकु ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाबाट पुसभित्र बिजुली उत्पादन हुने कम्पनीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
आयोजना बनाउन ३ अर्ब ६६ करोड ४७ लाख रुपैयाँ लगानी भएको छ । आयोजनाको प्रतिमेगावाट लागत १६ करोड ५० लाख ८० हजार रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । आयोजनाबाट लागत फिर्ता ७.८ वर्ष रहेको छ । आयोजनाको अनुमतिपत्र बहाल रहने अवधि ३० वर्षको छ ।