कम्पनीले ‘ग्लोबल सेयर लगानी बचत खाता’ सञ्चालनमा ल्याएपछि लगानीकर्तालाई उक्त सुविधा प्राप्त हुने भएको हो । यस बचत खाताबाट लगानीकर्ताहरुले घरमै बसी सजिलै स्वचालित अनलाइन प्रणालीबाट सेयर कारोबार गर्न सक्ने बैङ्कले जनाएको छ ।
काठमाडौं : ग्लोबल आईएमई बैङ्क नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनलाइन सेयर कारोबार प्रणालीमा आबद्घ भएको छ । नेप्सेको अनलाइन कारोबार प्रणालीमा आबद्ध भएपछि अब कम्पनीका ग्राहकले स्वचालित प्रणालीबाट अनलाइन सेयर कारोबार गरी सेयर खरिदबिक्रीपछि पैसा बुझाउन ब्रोकर कम्पनी जान नपर्ने भएको छ ।
कम्पनीले ‘ग्लोबल सेयर लगानी बचत खाता’ सञ्चालनमा ल्याएपछि लगानीकर्तालाई उक्त सुविधा प्राप्त हुने भएको हो । यस बचत खाताबाट लगानीकर्ताहरुले घरमै बसी सजिलै स्वचालित अनलाइन प्रणालीबाट सेयर कारोबार गर्न सक्ने बैङ्कले जनाएको छ ।
उच्चतम ब्याजदर पाइने यस बचत खातामा निःशुल्क भाइबर र मोबाइल बैङ्किङ, पहिलो वर्ष निःशुल्क डिम्याट खाता, मेरो सेयर खाता र डेबिट कार्ड उपलब्ध हुनेछ । यसका साथै आईपीओ र एफपीओबारे जानकारी लिन मिल्ने एवम् आस्वा सुविधा, इन्टरनेट बैङ्किङ र चेकबुक निःशुल्क पाइनेछ ।
यसबाहेक लकर, क्रेडिड कार्ड र ऋण प्रोसेसिङमा ५० प्रतिशत छुट पनि पाइनेछ । यसअघि बैङ्कमा खाता भएका ग्राहकहरुले समेत इन्टरनेट बैङ्किङ सेवा लिई अनलाइन सेयर कारोबार गर्न पाउनेछन् ।