चिलिमेको सेयर मूल्य समायोजन

काठमाडौंः चिलिमे जलविद्युत् कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ सय ६२ रुपैयाँमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले २० प्रतिशत सेयर लाभांश दिने प्रस्ताव गरे लगत्तै मूल्य समायोजन गरेको हो । कम्पनीको औसत आधार मूल्य ७ सय ३७ रुपैयाँ रहेको छ ।

यस्तै हालै मात्र साधारण सेयर बिक्री गरेको चौतारी लघुवित्त वित्तीय संस्थाको कारोवार सुरु भएको छ । स्टकका अनुसार सो कम्पनीको पहिलो कारोवार मूल्य १ सय ११ देखि ३ सय ३५ सम्म रहने प्रक्षेपण गरिएको छ ।

कम्पनीको बुधबार मात्रै १६ लाख ६० हजार कित्ता सेयर स्टकमा सूचीकृत भएको थियो । कम्पनीले केही समय पहिले मात्रै छ करोड रुपैयाँ बराबरको छ लाख कित्ता साधारण सेयर बिक्री गरेको थियो ।