साताका पाँचै दिन नेप्से ओरालो, बिहीबार नेपाल बैङ्कको सबैभन्दा बढी कारोबार

आइतबार १० अङ्कले तथा सोमबार १७ अङ्कले घटेको नेप्से अन्य दिनमा सामान्य अङ्कले घट्यो । अघिल्लो चार दिन घटेको नेप्से आज अन्तिम दिन बिहीबार पनि घटेको हो ।

साताका पाँचै दिन सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ओरालो लागेको छ । सुरुवाती दुई दिन दोहोरो अङ्कले तथा तीन दिन सामान्य अङ्कले घटेको नेप्से पाँचै दिन घटेको हो ।

आइतबार १० अङ्कले तथा सोमबार १७ अङ्कले घटेको नेप्से अन्य दिनमा सामान्य अङ्कले घट्यो । अघिल्लो चार दिन घटेको नेप्से आज अन्तिम दिन बिहीबार पनि घटेको हो । कारोबार सुरु भएदेखि नै बढ्न थालेको सेयर बजार ४ अङ्क बढेपछि ओरालो लाग्यो । अन्तिम समयसम्म स्थिर अवस्थामा रहेको नेप्से परिसूचक कारोबारको अन्यमा घटेको हो ।

आज नेप्सेमा नेपाल बैङ्कको सबैभन्दा बढी २ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ । नेप्सेमा ९ समूहको मात्र कारोबार भएको दिन आज ३ समूहले बजार घटाएको हो । कारोबार भएकामध्ये बैङ्किङ, विकास बैङ्क र जलविद्युत कम्पनीको सूचक घटेको छ । युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य ५ प्रतिशतले बढेको छ भने कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७ प्रतिशतले घटेको छ ।