नेपाल राष्ट्र बैङ्कले बिहीबार निर्देशन जारी गरी संस्थापकले चाहेमा न्यूनतम ५१ प्रतिशतबाट नघट्ने गरी सर्वसाधारणलाई बिक्री गर्न पाइने व्यवस्था गरेको हो । सीमाभन्दा बढी भएका संस्थापक सेयर बिक्रीको बाटो खुला भएको छ । वाणिज्य बैङ्क, विकास बैङ्क, वित्त कम्पनी र लघुवित्त संस्थाका संस्थापकले आफूले चाहेका बेला सेयर बेच्न पाउने छन् ।
काठमाडौं : बैङ्क तथा वित्तीय संस्थाका संस्थापकले आफनो स्वामित्वमा रहेको सेयर बिक्री गर्न पाउने भएका छन् । संस्थापकले ५१ प्रतिशतभन्दा बढी संस्थापक सेयर भएमा बिक्री गर्न पाउने भएका छन् ।
नेपाल राष्ट्र बैङ्कले बिहीबार निर्देशन जारी गरी संस्थापकले चाहेमा न्यूनतम ५१ प्रतिशतबाट नघट्ने गरी सर्वसाधारणलाई बिक्री गर्न पाइने व्यवस्था गरेको हो । सीमाभन्दा बढी भएका संस्थापक सेयर बिक्रीको बाटो खुला भएको छ । वाणिज्य बैङ्क, विकास बैङ्क, वित्त कम्पनी र लघुवित्त संस्थाका संस्थापकले आफूले चाहेका बेला सेयर बेच्न पाउने छन् ।
बैङ्क तथा वित्तीय संस्थाले कारोबार गरेको १० वर्ष पुगेपछि मात्र संस्थापकले सेयर बिक्री गर्न पाउने राष्ट्र बैङ्कका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । उनका अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडले बिक्री गर्न सकिने बाटो खुला भएको छ । एक पटक साधारणमा परिणत भएको सेयर पुनः संस्थापक गर्न नपाइने व्यवस्था गरिएको छ ।
संस्थापक सेयर बिक्रीको निर्णय सञ्चालक समितिबाट स्वीकृत गर्नुपर्ने र आउदो साधारणसभामा प्रबन्धपत्र नियमावली संशोधन पनि गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रबन्धपत्र नियमावली संशोधन नहुन्जेल सो बिक्री भएको सेयरलाई संस्थापक नै मानिने निर्देशनमा उल्लेख छ ।
संस्थापकले लामो समयसम्म लगानी होल्ड भएको भन्दै सेयर बिक्री गर्न पाउनुपर्ने माग गर्दै आएका छन् ।