नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १० प्रतिशत अर्थात १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयबासिन्दालाई निष्कासन गर्न अनुमति दिएको हो ।
काठमाडौं । निजी लगानीमा स्थापना भएको ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १० प्रतिशत अर्थात १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयबासिन्दालाई निष्कासन गर्न अनुमति दिएको हो । बोर्डले अनुमति दिएकाले उसलाई अब आईपीओ निष्कासनको बाटो खुलेको छ ।
ग्रिनलाइफले दोलखामा ४० मेगावाटको खानीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।