शुक्रबार भ्रमण वर्ष २०२० को मूल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौड्यालले प्राकृतिक र सांस्कृतिक दृष्टिकोणले दोलखा महत्त्वपूर्ण रहेको बताए ।
काठमाडौं : तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौड्यालले नेपालको चौथो गन्तव्यका रुपमा दोलखालाई विकास गर्न लागिएको बताए । उनले पहिलो काठमाडौं, दोस्रो पोखरा र तेस्रो गन्तव्यमा चितवन रहेको भन्दै चौथोमा दोलखालाई विकास गर्न लागिएको जानकारी दिए ।
शुक्रबार भ्रमण वर्ष २०२० को मूल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौड्यालले प्राकृतिक र सांस्कृतिक दृष्टिकोणले दोलखा महत्त्वपूर्ण रहेको बताए । आगामी पाँच वर्षभित्र जिरीमा विशाल तालको निर्माण, शैलुङमा पूर्वधार निर्माण, च्छोरोल्पा हिमतालसम्म जाने बाटो निर्माण गरिनुका साथै गौरीशङ्कर हिमाल परिक्रमाका लागि पदयात्राको पहिचान एवम् भीमेश्वर तथा कालिञ्चोकको प्रचारलाई तीव्रता दिने बताएका छन् ।
यस्तै ती पर्यटकीय स्थलहरुमा आवश्यक होटल तथा रिसोर्टहरु निर्माणका लागि आवश्यक परे वनक्षेत्र दिन तयार रहेको मुख्यमन्त्री पौड्यालले जानकारी दिए । प्रदेशको बजेटमध्ये एक तिहाइ बजेट पर्यटनक्षेत्रमा लगानी गरिएको बताए । यस वर्ष करिब १ अर्ब रुपैयाँ पर्यटनक्षेत्रको विकासमा विनियोजन गरिएको बताउँदै सङ्घ र स्थानीय तहमा सहकार्य गर्न तयार रहेको जानकारी दिए ।