माछापुच्छ्रे बैङ्कको सञ्चालक समितिको अध्यक्षमा महतो

बैङ्कको सञ्चालक समितिको अध्यक्षमा डा. वीरेन्द्र महतो नियुक्त भएका छन् । पोखरामा भएको कम्पनीको साधारण सभाले लाभांश पारित गर्नुका साथै सञ्चालक समितिको अध्यक्षमा महतोलाई चयन गरेको हो ।

काठमाडौं : माछापुच्छ्रे बैङ्कले प्रस्तावित १० प्रतिशत नगद तथा १६ प्रतिशत बोनस सेयर पारित गरेको छ । कम्पनीको आज (शुक्रबार) बसेको वार्षिक साधारणसभाले सञ्चालक समितिले गरेको नगद लाभांशको प्रस्ताव पारित गरेको हो ।

यस्तै बैङ्कको सञ्चालक समितिको अध्यक्षमा डा. वीरेन्द्र महतो नियुक्त भएका छन् । पोखरामा भएको कम्पनीको साधारण सभाले लाभांश पारित गर्नुका साथै सञ्चालक समितिको अध्यक्षमा महतोलाई चयन गरेको हो ।

त्यसैगरी कम्पनीको सञ्चालक समितिमा रोशन केसी र गोपीकृष्ण न्यौपाने चयन भएका छन् ।