१ अर्ब ६६ करोडको सेयर कारोबार

साताको पहिलो दिन १ हजार २०४ दशमलव रहेको नेप्से परिसूचक साताको अन्तिम दिन अर्थात् यही पुस १९ गतेसम्म २६ बिन्दुले घटेर १ हजार १७८ बिन्दुमा झरेको छ । यस साता कूल १६८ कम्पनीको ४६ लाख ५४ हजार १३० कित्ता सेयर खरीद बिक्री भएका छन् ।

काठमाडौं । यस साता १ अर्ब ६१ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । साताको तुलनामा यस साता बजारमा कारोवार मापक नेप्से परिसूचक मात्रै घटेन, कारोवार रकममा समेत गिरावट आएको छ । साताको पहिलो दिन १ हजार २०४ दशमलव रहेको नेप्से परिसूचक साताको अन्तिम दिन अर्थात् यही पुस १९ गतेसम्म २६ बिन्दुले घटेर १ हजार १७८ बिन्दुमा झरेको छ । यस साता कूल १६८ कम्पनीको ४६ लाख ५४ हजार १३० कित्ता सेयर खरीद बिक्री भएका छन् ।

आइतबार कूल १६८ कम्पनीका १२ लाख ३६ हजार ३४३ कित्ता सेयर ४५ करोड ४२ लाख ८४ हजार ३९३ रुपैयाँमा खरीद बिक्री भए । यस्तै सोमबार १६७ कम्पनीको ११ लाख ७९ हजार ४३ कित्ता सेयर ४० करोड ३ लाख १२ हजार ३८५ रुपैयाँ खरीद बिक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

ओरालो लागेको बजार मङ्गलबार पनि थामिएन । सो दिन १५६ कम्पनीको छ लाख ८९ हजार ७२० कित्ता सेयर २२ करोड ८५ लाख ४३ हजार ४१५ मूल्यमा खरीद बिक्री भएको् थियो । बुधबार पनि बजारको अवस्था उस्तै रह्यो । उक्त दिन ५.४२ बिन्दुले घटेर बजार १ हजार १८० दशमलव ४३ बिन्दुमा झरेको थियो ।

सो दिन १५४ कम्पनीको ७ लाख ५१ हजार ४११ कित्ता सेयर २५ करोड ७६ लाख ७ हजार १६६ रुपैयाँमा खरिद्बिक्री भएको थियो । साताको अन्तिम दिन बिहीबार कारोवार मापक नेप्से परिसूचक १.५६ बिन्दुले घटेर १ हजार १७८ बिन्दुमा झर्यो। कूल १५८ कम्पनीको ७ लाख ९७ हजार ६१३ कित्ता सेयर २७ करोड ६९ लाख ५६ लाख ३०१ रुपैयाँमा खरीद बिक्री भएको थियो । समग्रमा यस साता बजार ओरालो लाग्ने क्रममा नै रह्यो । रासस