यो वर्ष ८ करोड ८१ लाख रुपैयाँ नाफा गर्ने कम्पनीको प्रक्षेपण छ । यस्तै आर्थिक वर्ष ०७७/०७८ मा नाफा बढेर २७ करोड ४७ लाख रुपैयाँ पुग्ने छ । नाफा बढेपछि प्रति सेयर आम्दानी (ईपीएस) पनि बढेर १९ रुपैयाँ ३८ पैसा पुग्ने कम्पनीले जनाएको छ ।
काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले पुस ३० गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दालाई ९ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ९ लाख ६२ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा माघ १४ र ढिलोमा माघ २९ गतेलाई तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ ।
आयोजना प्रभावित पाँचथरका फिदिम नगरपालिका र हिलिहाङ र फालेलुङ गाउँपालिकाका स्थानीबासिन्दाले आईओ भर्न पाउने सानिमाले जनाएको छ । आईपीओका लागि न्युनतम १० देखि अधिकतम ९ हजार ६२० कित्तासम्म दरखास्त दिन पाइने छ ।
कम्पनीले १४.९ मेगावाट क्षमतको हेवाखोला ए आयोजना सञ्चालन गरिरहेको छ । आयोजना बनाउन २ अर्ब ६१ करोड ४७ लाख रुपैयाँ लागेको छ । आयोजनाको प्रतिमेगावाट लागत १७ करोड ६४ लाख रुपैयाँ रहेको छ । लगानी फिर्ता ८.९ वर्ष रहेको छ । रेटिङस नेपाल लिमिटेडले आईपीओ ग्रेड ४ दिएको छ ।
कम्पनीको चुत्तापुँजी ७७ करोड रुपैयाँ छ । आईपीओ निष्कासनपछि पुँजी बढेर ९६ करोड रुपैयाँ पुग्ने छ । स्थानीयबासिन्दालाई आईपीओ निष्कासन गरेपछि सर्वसाधारणलाई ९ करोड ६२ लाख रुपैयाँको निष्कासन गर्ने कम्पनीले जनाएको छ ।
चालु आर्थिक वर्षदेखि पाँचथर पावर नाफामा जाने देखिएको छ । यो वर्ष ८ करोड ८१ लाख रुपैयाँ नाफा गर्ने कम्पनीको प्रक्षेपण छ । यस्तै आर्थिक वर्ष ०७७/०७८ मा नाफा बढेर २७ करोड ४७ लाख रुपैयाँ पुग्ने छ । नाफा बढेपछि प्रति सेयर आम्दानी (ईपीएस) पनि बढेर १९ रुपैयाँ ३८ पैसा पुग्ने कम्पनीले जनाएको छ ।