आज नेप्सेमा नेपाल क्रेडिट एन्ड कमर्स बैङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से केही समय उकालो लागेपछि घटेको हो ।
साताको पहिलो दिन आइतबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७ अङ्कले घटेको छ । आज नेप्सेमा नेपाल क्रेडिट एन्ड कमर्स बैङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से केही समय उकालो लागेपछि घटेको हो ।
आइतबार ११७८.२५ अङ्कबाट सुरु भएको नेप्से सूचक ७.२२ अङ्कले घटेर ११७०.७९ अङ्कमा पुगेको छ । सेयर बजार सुरुवाती समयमा ३ अङ्कले बढेपछि निरन्तर ओरालो लाग्दै अन्तिममा ७ अङ्क झरेको हो ।
नेप्सेमा कारोबार भएका १० मध्ये १ बाहेक सबै समूह घटेको छ । अन्य समूहमा सुधार आएको छ भने निर्जीवन बिमा र जीवन बिमामा सबैभन्दा बढी गिरावट आएको छ ।
नेप्सेमा आज १ सय ५६ कम्पनीका ४ हजार २ सय २५ कारोबारबाट १३ लाख ६३ हजार कित्ता सेयर किनबेच भई ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नागरिक लगानी कोषको सेयर मूल्य ८ प्रतिशतले बढेको दिन आज भार्गव विकास बैङ्कको सेयर मूल्य ८ प्रतिशतले घटेको छ ।