पोखराको महेन्द्रपुल बाँस्तोलाथरमा ६ करोड लगानीमा ब्राउन आइज रिसेप्सन (पार्टी प्यालेस) सञ्चालनमा आएको छ ।
युवा व्यवसायी सुवास श्रेष्ठको लगानीमा पोखरामा नै पहिलोपटक दुइतले पार्टी प्यालेस सञ्चालनमा आएको हो । ६ रोपनी क्षेत्रफलमा फैलिएको पार्टी प्यालेसमा तीन वटा हलहरु रहेका छन् । ठूलो हलमा ८ सय, मध्यम हलमा ५ सय र सानो हलमा ३ सय जनालाई सेवा दिन सकिने ब्राउन आइज रिसेप्सनका प्रबन्ध निर्देशक श्रेष्ठले बताए ।
‘हामीले एकैपटक गरेर १६ सय जना भन्दा बढिलाई सेवा दिन सक्छौं, विवाहका ठूला पार्टीदेखि लिएर विभिन्न कार्यक्रमका साथै सभा सेसिमनारका लागि उपयुक्त हुने गरेर हलहरुको डिजाइन गरिएको छ,’ उनले भने ।
पार्टी प्यालेसभित्र ५० वटा गाडी तथा डेढसयवटा मोटरसाइकल अट्ने पार्किङ क्षमता रहेको छ ।
पोखराकै ठूलो पार्टी प्यालेसको रुपमा ब्राउन आइज रिसेप्सन सञ्चालनमा आएको प्रबन्ध निर्देशक श्रेष्ठले बताए । ‘हामीले पार्टी प्यालेसभित्र नै रेष्टुरेन्ट र लजको पनि सुविधा दिएका छौं,’ उनले भने ।
पोखराका ठूला होटलको ब्याङ्केटको विकल्पमा पार्टी प्यालेस सञ्चालनमा ल्याएको उनले बताए । ‘ठूला र पाँचतारे होटलमा पुग्न नसक्ने सेवाग्राहीलाई त्यहि सेवा र सुविधा बराबर हामी सेवा दिने गरि आएका छौं,’ उनले भने ।