सोमबार, यो सालको पहिलो हिउँदे वर्षाले चन्द्रागिरि, कालिन्चोक, दामन, मनाङ मुस्ताङ्, शैलुङ, हुम्ला, जुम्लालगायतका विभिन ठाउँमा हिमपात भएको हो ।
काठमाडौं : आज सोमबार बिहानैदेखि परेको हिउँदे वर्षाका कारण राजधानीको चन्द्रागिरिलगायत देशका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात भएको छ । सोमबार, यो सालको पहिलो हिउँदे वर्षाले चन्द्रागिरि, कालिन्चोक, दामन, मनाङ मुस्ताङ्, शैलुङ, हुम्ला, जुम्लालगायतका विभिन ठाउँमा हिमपात भएको हो ।
चन्द्रागिरि हिल्सका महाप्रवन्धक अभिषेकबिक्रम शाहले चन्द्रागिरि आसपासमा भारी हिमपात भएसँगै बिहानैदेखि पर्यटकको सङ्ख्या वृद्धि भएको जानकारी दिए । यसैबीच राजधानीको चन्द्रागिरिसहित काठमाडौं आसपासका फूलचोकी र दामनमा पनि हिउँ पर्न सुरू भइसकेको छ ।
हिउँदे वर्षासँगै भोलिदेखि बिहान र साँझपख जाडो बढ्ने भएको छ । बादल लागेकाले सोमबार भने राजधानीको न्यूनतम तापक्रम आइतबारभन्दा पाँच डिग्री बढेको थियो ।
त्यस्तै दोलखाको पर्यटकीयस्थल कालिन्चोक, खरिढुङ्गा, शैलुङमा पनि भारी हिमपात भएसँगै पर्यटकको आगमनमा वृद्धि भएको कालिञ्चोक केबलकारका प्रबन्ध निर्देशक अशोक शिवाकोटीले जनकारी दिए ।