अनुसन्धान विभागका प्रमुख रेग्मी हटाइए, नयाँ प्रमुखमा अधिकारी

सरकारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई हटाएको छ । रेग्मीको कार्यकाल सकिनु अघि नै सरकाले उनलाई हटाएको हो ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले रेग्मीलाई हटाएर नयाँ प्रमुखमा विभागकै एआईजी गणेश अधिकारीलाई नियुक्त गरेको छ । नवनियुक्त प्रमुख अधिकारीले सोमवार साँझ नै पदभार ग्रहण गरेका छन् ।