त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल डेढ घण्टापछि सञ्चालनमा

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भिडियो हाई फ्रिक्वेन्सी (भिएचएफ)मा समस्या आएपछि करिब डेढ घण्टा बन्द भएको जानकारी दिए ।

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल डेढ घण्टापछि पूर्णरुपमा सञ्चालनमा आएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भिडियो हाई फ्रिक्वेन्सी (भिएचएफ)मा समस्या आएपछि करिब डेढ घण्टा बन्द भएको जानकारी दिए ।

विमानस्थलमा उडान अवरुद्ध हुँदा आन्तरिक एवम् वाह्य यात्रुहरुलाई समस्या भएको थियो ।