सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) स्थिर रहेको दिन नेपाल बैङ्कमा लगानीकर्ता झुम्मिएका हुन् ।
काठमाडौं : साताको तेस्रो दिन सेयर बजारमा नेपाल बैङ्कको ८ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) स्थिर रहेको दिन नेपाल बैङ्कमा लगानीकर्ता झुम्मिएका हुन् ।
बोनस सेयर पाउने आशमा लगानीकर्ता नेपाल बैङ्कको सेयर किन्न लागेका हुन् । १० समूहको कारोबार भएको दिन नेप्सेमा विकास बैङ्क, उत्पादनमूलक, अन्य र लघुवित्तबाहेक सबै समूह ओरालो लागेका छन् । आज सबैभन्दा बढी निर्जीवन बिमा ३८ अङ्कले झरेको छ ।
१ सय ६० कम्पनीको सेयर किनबचे भएको दिन नेप्सेमा ३ हजार ५ सय ७३ कारोबारबाट ११ लाख कित्ता सेयर खरिदबिक्री भई ३४ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको दिन एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ७ प्रतिशतले ओरालो लागेको छ ।