धितोपत्र बोर्डको नयाँ व्यवस्था : कमजोर रेटिङ हुने संस्थाले आईपीओ निष्कासन गर्न नपाउने

यो व्यवस्थाअनुसार अब सबभन्दा कमजोर रेटिङ प्राप्त गर्ने संगठित संस्थाले आईपीओे निष्कासन गर्न पाउने छैनन् । यसबाट अधिकाँश जलविद्युत कम्पनी पर्नेछन् । वित्तीय अवस्था कमजोर भएका संस्था अब आईपीओ निष्कासन गर्न अयोग्य हुने व्यवस्था बोर्डले गरेको छ ।

काठमाडौं । सबैभन्दा कमजोर रेटिङ प्राप्त गर्ने संगठित संस्थाले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले मंगलबार नयाँ व्यवस्था सार्वजनिक गर्दै आईपीओ निष्कासन गर्न चाहने सङठित संस्थाले क्रेटिड रेटिङ प्रदान गर्ने संस्थाबाट न्यूनतम ग्रेड भन्दा कम्तिमा एक स्तर माथिको रेटिङ प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरेको छ ।

यो व्यवस्थाअनुसार अब सबभन्दा कमजोर रेटिङ प्राप्त गर्ने संगठित संस्थाले आईपीओे निष्कासन गर्न पाउने छैनन् । यसबाट अधिकाँश जलविद्युत कम्पनी पर्नेछन् । वित्तीय अवस्था कमजोर भएका संस्था अब आईपीओ निष्कासन गर्न अयोग्य हुने व्यवस्था बोर्डले गरेको छ ।

यस्तै धितोपत्र सार्वजनिक निष्कासन गर्न चाहने संगठित संस्थाले सबैभन्दा कम रेटिङ प्राप्त गरेमा त्यस्तो सेयरको प्रत्याभूति गर्नु पर्ने व्यवस्थालाई पनि संशोधन गरिएको बोर्डले जनाएको छ । न्यूनतम भन्दा एक स्तर माथिको रेटिङ प्राप्त गरेको संगठित संस्थाले सम्पूर्ण धितोपत्रको प्रत्याभूति गर्नु पर्ने व्यवस्था गरिएको छ ।

प्रिमियम दरमा सार्वजनिक निष्कासनको निर्धारण गर्दा नेटवर्थको दुई गुणासम्म गर्न पाइने ब्यवस्था गरिएको छ । साथै प्रिमियम निर्धारण गर्दा प्रति सेयर नेटवर्थको भन्दा बढी हुन नपाइने बोर्डले स्पष्टपारेको छ ।