भ्रमण वर्ष २०२० नजिकिरहेका बेला सो बुद्धिष्ट इन्टरनेसनल ट्राभलमार्टले २० लाख पर्यटक भित्र्याउन ठूलो सहयोग पुग्ने विश्वास छ ।
काठमाडौं ः जनवरी १० देखि १२ सम्म भैरहवामा हुने बुद्धिष्ट इन्टरनेसनल ट्राभलमार्ट २०१९ को तयारी पूरा भएको छ । ट्राभलमार्टको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धनका लागि बौद्ध पर्यटकीयस्थल र सेवाहरुको अन्तर्राष्ट्रिय क्रेता तथा राष्ट्रिय बिक्रेताबीच सेवा तथा व्यापार विनिमयको अवसर सृजना गर्ने उद्धेश्यले पर्यटन व्यवसाय क्षेत्रको अग्रणी व्यावसायिक संस्थाहरुको सहभागितामा सो ट्राभलमार्टको आयोजना गर्न लागिएको हो ।
बुद्धिष्ट इन्टरनेसनल ट्राभलमार्ट २०१९ मूल आयोजक समितिका सदस्य एवम् नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष सीएन पाण्डेले १७ देशका ५० ओटा स्टल रहने जानकारी दिए ।
भ्रमण वर्ष २०२० नजिकिरहेका बेला सो बुद्धिष्ट इन्टरनेसनल ट्राभलमार्टले २० लाख पर्यटक भित्र्याउन ठूलो सहयोग पुग्ने उनको विश्वास छ ।
नेपाल पर्यटन बोर्ड मुख्य आयोजक रहने सो कार्यक्रममा गौतम बुद्धको जन्मस्थल लुम्बिनी तथा बुद्ध धर्मसँग सम्बन्धित नेपालका पर्यटकीय तथा धार्मिक गन्तव्यस्थलहरुको प्रचार प्रसार गरिने जनाइएको छ ।