कम्पनीको ५ लाख कित्ता सेयर बिक्री भई ५ करोड ८६ रुपैयाँको कारोबार भएको दिन नेप्से सुधार भएको हो । यस्तै नेप्सेमा नेपाल बैङ्कको ४ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ ।
काठमाडौं : छिमेक लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयरले बजार उचालेको दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अङ्कले बढेको छ । कम्पनीको ५ लाख कित्ता सेयर बिक्री भई ५ करोड ८६ रुपैयाँको कारोबार भएको दिन नेप्से सुधार भएको हो । यस्तै नेप्सेमा नेपाल बैङ्कको ४ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा कारोबार भएकामध्ये फाइनान्स र अन्य समूहबाहेक सबै समूह सुधार हुँदा नेप्से बढेको हो । आज बुधबार नेप्सेमा उत्पादनमूलक समूहमा सबैभन्दा बढी सुधार भएको छ । आज नेप्सेमा भार्गव विकास बैङ्कको सेयर मूल्य ६ प्रतिशतले बढेको छ भने हाथवे फाइनान्स कम्पनीको ३ प्रतिशतले मूल्य घटेको छ ।
सेयर बजारमा १ सय ६६ कम्पनीका ३ हजार २ सय ५ कारोबारबाट १५ लाख कित्ता सेयर खरिदबिक्री भई ३४ करोड रुपैयाँबराबरको कारोबार भएको छ । ११७६ अङ्कबाट सुरु बजार ७ अङ्कसम्मको सुधार भएपछि थाम्न नसकेर ओरालो लागेको हो । ११८३ अङ्कसम्म पुगेको नेप्सेसूचक त्यसपछि लगातार ओरालो लाग्दै अन्तिममा ११७९ अङ्क कायम भएको छ ।