र्याडिसनका अध्यक्ष गोविन्ददास श्रेष्ठको निधन

श्रेष्ठ होटल एसोसिएन अफ नेपाल (हान)का सक्रिय सदस्य थिए ।

काठमाडौं : पाँचतारे होटल र्याडिसनका अध्यक्ष एवम् वरिष्ठ पर्यटन व्यवसायी गोविन्ददास श्रेष्ठको निधन भएको छ ।

८७ वर्षीय श्रेष्ठको भारतको मुम्बईस्थित लीलावती अस्पतालमा उपचारका क्रममा आज बिहान ५ बजे निधन भएको परिवारले जानकारी दिएको छ । श्रेष्ठ होटल एसोसिएन अफ नेपाल (हान)का सक्रिय सदस्य थिए । उनका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

श्रेष्ठको निधनप्रति हानले दुख व्यक्त गरेको छ । उनको निधनले पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको हानका महासचिव विनायक शाहको भनाइ छ ।