कम्पनीले लगानीकर्तालाई ८.५ प्रतिशतका दरले ६० करोड ८८ लाख ८८ हजार ५ सय ७३ रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ ।
काठमाडौं : कुमारी बैङ्कले आफ्ना लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको ८.५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले लगानीकर्तालाई ८.५ प्रतिशतका दरले ६० करोड ८८ लाख ८८ हजार ५ सय ७३ रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ ।
कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको बोनस सेयर नेपाल राष्ट्र बैङ्कको स्वीकृतिपछि हुने कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लागू हुने छ ।
त्यसैगरी बैङ्कले तत्कालीन काष्ठमण्डप डेभलपमेन्ट बैङ्क, महाकाली विकास बैङ्क, काँक्रेविहार विकास बैङ्क र पश्चिमाञ्चल फाइनान्स कम्पनीलाई प्राप्ति गरी ३०७४ असारदेखि संयुक्त कारोबार गरेको थियो । त्यस मितिदेखि आगामी दुई वर्षभित्र गाभिएको अवस्थामा कायम रहेका सेयरधनीहरुलाई वितरण गरेको लाभांशमा कर नलाग्ने बताइएको छ ।