लक्ष्मी बैङ्कको ८.५ प्रतिशत बोनस सेयर घोषणा

काठमाडौं । लक्ष्मी बैङ्कले आफ्ना सेयरधनीहरुलाई ८.५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले बोनस सेयरको कर प्रायोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

बैङ्कले ८.५ प्रतिशतका दरले ६ करोड ९८ लाख ८ हजार ४ लाख १६ कित्ता सेयर बोनस सेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव लक्ष्मी बैङ्कको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि तथा नेपाल राष्ट्र बैङ्कबाट स्वीकृती प्राप्त गरेपछि मात्र लागु हुने छ ।