बिहीबार अपरतामाकोसी र नेप्सेबीच भएको सूचीकरण सम्झौतामा भएपछि दोस्रो दिन अर्थात आईतबारदेखि नेप्सेमा कारोबार हुने छ । नेप्सेमा १० अर्ब ५९ करोड रूपैयाँ बराबरको सेयर सूचीकृत भएको हो ।
काठमाडौं । निर्माणधिन अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको आइतबारदेखि साधारण सेयर कारोबार हुने भएको छ । कम्पनीको १० करोड ५९ लाख कित्ता साधारण सेयर बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लिमिटेडमा सूचीकृत भएको छ
बिहीबार अपरतामाकोसी र नेप्सेबीच भएको सूचीकरण सम्झौतामा भएपछि दोस्रो कारोबार दिन अर्थात आईतबारदेखि नेप्सेमा कारोबार हुने छ । नेप्सेमा १० अर्ब ५९ करोड रूपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता सेयर सूचीकृत भएको हो ।
जलविद्युत कम्पनीले गत कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणलाई १ अर्ब ५८ करोड रूपैयाँ बराबरको साधारण सेयर बिक्री गरेको थियो । त्यसअघि कम्पनीले गत साउनमा आयोजना प्रभावित दोलखावासीलाई १ अर्ब ५ करोड रूपैयाँको सेयर निष्कासन गरेको थियो ।
आयोजना प्रभावितका लागि निष्कासन गरिएको सेयर भने आगामी तीन वर्षसम्म कारोबार गर्न पाइने छैन ।कम्पनीले दोलखावासीलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत सेयर बिक्री गरेको थियो ।