बढ्दो अवस्थाबाट सुरु भएको सेयर बजार कारोबार भएको १ घन्टामा ४ अङ्क बढेर ओरालो लाग्दै स्थिर अवस्थामा घटेर १ अङ्क बढेको अवस्थामा बन्द भएको हो । बजार बढेको दिन विहीबार नेप्सेमा उत्पादनमूलक समूह सबैभन्दा बढी घटेको छ ।
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा झिनो अङ्कको सुधार आएको छ । ११७९ अङ्कबाट सुरु भएको बजार १.४८ अङ्क सुधारिँदै ११८० अङ्क कायम भएको हो । नेपाल बैङ्कको मात्र ११ करोड रुपैयाँको कारोबार भएको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३६ करोडको कारोबार भएको छ ।
आफ्ना लगानीकर्तालाई बोनस सेयर दिने हल्लापछि लगानीकर्ता नेपाल बैङ्कको सेयर किन्न लगातार तीन दिनयता झुम्मिएका छन् । ११ समूहको कारोबार भएको नेप्सेमा ७ समूहको सुधार तथा ४ समूहमा गिरावट आउँदा सबैभन्दा बढी निर्जीवन बिमा समूह बढेको छ ।
बढ्दो अवस्थाबाट सुरु भएको सेयर बजार कारोबार भएको १ घन्टामा ४ अङ्क बढेर ओरालो लाग्दै स्थिर अवस्थामा घटेर १ अङ्क बढेको अवस्थामा बन्द भएको हो । बजार बढेको दिन विहीबार नेप्सेमा उत्पादनमूलक समूह सबैभन्दा बढी घटेको छ ।
नेप्सेमा विहीबार १ सय ६३ कम्पनीका ३ हजार ८ सय ७८ कारोबारबाट १३ लाख ८७ हजार कित्ता सेयर खरिदबिक्री भई ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।