कृषि विकास बैङ्कले २१ प्रतिशत लाभांश दिने

काठमाडौं । कृषि विकास बैङ्कले आफ्ना लगानीकर्तालाई २१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले १५.०५३ प्रतिशत नगद तथा ६ प्रतिशत बोनस सेयर गरी २१ प्रतिशत लाभांश दिने भएको हो ।

त्यसैगरी बैङ्कले नोपल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश समेत प्रदान गर्ने जनाइएको छ ।

बैङ्कको सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृती पाएपछि तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिने छ ।