बुद्धजन्मभूमिमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभलमार्ट सुरु

बिहीबारबाट सुरु भएको साे मार्टमा १७ देशका ६३ जना व्यवसायी, ब्लगर, सञ्चारकर्मी सहभागी छन् । कार्यक्रममा ताइवान, चीनबाट सञ्चारकर्मी, अस्ट्रेलिया, जर्मनी, अमेरिकालगायत देशबाट ब्लगर, माल्दिभ्स, श्रीलङ्का, भुटानलगायत १७ मुलुकबाट टुर अपरेटर सहभागी भएको नाट्टाका अध्यक्ष सीएन पाण्डेले जानकारी दिए ।

लुम्बिनी : गाैतम बुद्धकाे जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट (पर्यटन बजार­­­) सुरु भएको छ । संस्कृित, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा भएको मार्टको संयोजन नेपाल एसोसियसन अफ ट्राभल एन्ड टुर एजेन्ट (नाट्टा ) नेपालले गरेको हो । साे मार्ट लुम्बिनीमा पहिलोपटक आयाेजना गरिएको हाे ।

बिहीबारबाट सुरु भएको साे मार्टमा १७ देशका ६३ जना व्यवसायी, ब्लगर, सञ्चारकर्मी सहभागी छन् । कार्यक्रममा ताइवान, चीनबाट सञ्चारकर्मी, अस्ट्रेलिया, जर्मनी, अमेरिकालगायत देशबाट ब्लगर, माल्दिभ्स, श्रीलङ्का, भुटानलगायत १७ मुलुकबाट टुर अपरेटर सहभागी भएको नाट्टाका अध्यक्ष सीएन पाण्डेले जानकारी दिए ।

विषेश गरी प्रदेश ५ मा बुद्धिष्ट पर्यककाे हबकाे रुपमा विस्तार गर्न याे ट्राभल मार्टले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने नाट्टाका अध्यक्ष पाण्डेले विश्वास व्यक्त गरे।

दाेस्राे अन्तर्राष्ट्रिय विमानस्थल गाैतम बुद्ध विमानस्थल सञ्चालनकाे अन्तिम चरणमा रहेका बेला बुद्धिष्ट ट्राभल मार्टले अन्तर्राष्ट्रिय जगतमा सकारात्मक सन्देश पुगेको पर्यटन सचिव कृष्णप्रसाद देवकोटाकाे भनाइ छ ।

सरकारले सन् २०२० लाई भ्रमण वर्ष घाेषणा गरेर २० लाख पर्यटक भित्र्याउने तयारी गरिरहेकाे पूर्वसन्ध्यामा यस किसिमका कार्यक्रमले धेरै सहयोग पुग्ने सचिव देवकोटाले बताए । यस्तै कार्यक्रममा सहभागी विदेशी पाहुनालाई २०२० मा नेपाल भ्रमण गर्न र अरुलाई पनि भ्रमण गराउन अनुरोध गरेका छन् ।