विमानस्थल सञ्चालनमा अाएपछि लुम्बिनीमा पर्यटक भित्र्याउन थप सहज भइ २०२० मा बीस लाख पर्यटक भित्र्याउन सहज हुने मन्त्री अधिकारीकाे भनाइ छ ।
लुम्बिनी : संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले २०१९ काे सेप्टेम्बरमा गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने बताएका छन् । विमानस्थल सञ्चालनमा अाएपछि लुम्बिनीमा पर्यटक भित्र्याउन थप सहज भइ २०२० मा बीस लाख पर्यटक भित्र्याउन सहज हुने मन्त्री अधिकारीकाे भनाइ छ ।
गाैतम बुद्धकाे जन्मभूमि लुम्बिनीमा सुरु भएको अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्टलाई सम्बाेधन गर्दै मन्त्री अधिकारीले घुम्नका लागि सबैभन्दा उत्तम क्षेत्र नेपाल रहेको बताएका छन् । नेपालकाे अार्थिक समृद्धिका लागि पर्यटनक्षेत्र महत्त्वपूर्ण रहेको र पर्यटनका लागि अावश्यक पूर्वाधार निर्माणमा तयार रहेको र विमानस्थलहरु धमाधम बनिरहेको बताए ।
यस्तै प्रदेश ५ का पर्यटनमन्त्री लीला गिरिले २०७६ लाई लुम्बिनी भ्रमणवर्षका रुपमा मनाउने तयारी गरिएकाले सबैलाई निमन्त्रणा गरेका छन् । भ्रमणवर्ष २०२० का कार्यक्रम संयाेजक सुरज वैद्यले लुम्बिनीमा विश्वकै सवैभन्दा अग्लाे बुद्धमूर्ति बनाउन लागिएको बताएका छन् ।