११ करोड १५ लाख ३० हजार कित्ता सेयर थपियो, सबैभन्दा धेरै अपर तामाकोसीको

नेप्सेका अनुसार यस साता ठूलो परिमाणमा अपरतामाकोसी जलविद्युत् कम्पनी लिमिटेडको सेयर कारोबारका लागि सूचीकृत भएको छ । सो कम्पनीको १० करोड ५९ लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ । अपरतामाकोसीको सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबार हुने छ ।

काठमाडौ । विभिन्न ४ कम्पनीको सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा थप भएको छ । ४ कम्पनीहरुको ११ करोड १५ लाख ३० हजार ५३१ कित्ता सेयर धितोपत्र बजारमा थपिएको हो । नेप्सेका अनुसार यस साता ठूलो परिमाणमा अपरतामाकोसी जलविद्युत् कम्पनी लिमिटेडको सेयर कारोबारका लागि सूचीकृत भएको छ । सो कम्पनीको १० करोड ५९ लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ । अपरतामाकोसीको सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबार हुने छ ।

यसै साता जोशी हाइड्रोपावर लिमिटेडको पनि ३७ लाख १४ हजार कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ । स्वदेशी लघुवित्त वित्तीय संस्था र नागबेली लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर पनि यसै साता स्टकमा सूचीकृत भएको छ । स्वदेशी लघुवित्तको ११ लाख ५० हजार र नागबेलीको ७ लाख ६६ हजार ५३१ कित्ता सेयर कारोबारका लागि सूचीकृत भएको नेप्सेले जनाएको छ।

धितोपत्र बजारमा यस साता १० अंकले सेयर बजार बढेका छ । साताको पहिलो दिन १ हजार १७० बिन्दुमा रहेको नेप्से साताको अन्तिम दिन बढेर एक हजार १८० बिन्दुमा पुगेको छ ।

यस्तै बजार पूँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । दोस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक, तेस्रोमा नबील बैंक रहेको छ । यस्तै स्ट्याण्र्डर्ड चार्टड बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एभरेष्ट बैंक, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल एसबिआई बैंक र एनएमबी बैंक क्रमशः रहेका छन् । सेयर सङ्ख्या कारोवारका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । बोनस सेयर पाउने हल्लामा लगानीकर्ताले पछिल्लो साता नेपाल बैंकको सेयर किन्न थालेका हुन् ।