माथिल्लो तामाकोसीको सेयर २२४ मा काराेबार सुरू

काठमाडाैं । माथिल्लो तामाकोसी जलविद्युत कम्पनीको साधारण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २२४ रुपैयाँ ६७ पैसामा कारोबार सुरु भएको छ ।

नेप्सेले कम्पनीकाे न्यूनतम सेयर मूल्य ७४ रुपैयाँ तथा अधिकतम सेयर मूल्य २२४ रुपैयाँ ताकेकाे थियाे । कम्पनीकाे सेयर काराेबार २२४ रूपैयाँ मूल्यबाट खुलेकाे हाे ।

तामाकोशीको १० करोड ५९ लाख कित्ता साधारण सेयर सूचीकृत शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो । माथिल्लाे तामाकाेसी कम्पनीकाे सिम्बाेल नेप्सेले अप्पर  दिएकाे छ ।निर्माणधिन आयोजनाबाट आगामी कात्तिकदेखि बिजुली उत्पादन हुने लक्ष्य लिएइको छ । वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन गर्ने आयोजनाको पहिलो वर्षको आम्दानी ९ अर्ब रुपैयाँ हुने छ ।