प्रतिवेदन लुकाउन खोजियो : सांसद यादव

संसदको विशेष समयमा बोल्दै सांसद यादवले जहाज खरिदमा दोषी देखिएकाहरुलाई कारवाही गर्नुको सट्टा जोगाउनका लागि सरकार लागि गरेको भन्दै आपत्ति जनाएका छन् ।

काठमाडौं ः संसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवले वाइडबडी खरिदबारे बनेको प्रतिवेदन सरकारले लुकाउन खोजेको आरोप लगाएका छन् । संसदको विशेष समयमा बोल्दै सांसद यादवले जहाज खरिदमा दोषी देखिएकाहरुलाई कारवाही गर्नुको सट्टा जोगाउनका लागि सरकार लागि गरेको भन्दै आपत्ति जनाएका छन् ।

सङ्घीय समाजवादी फोरमका सांसद यादवले केही मन्त्रीलाई जोगाउन लेखा समितिका सभापतिले प्रतिवेदन अख्तियार पठाउन ढिलाइ गरेको बताएका छन् ।

नेपाल वायुसेवा निगमले खरिद गरेका दुई ओटा वाइडबडी जहाजमा घोटाला भएको भन्दै सार्वजनिक लेखा समितिले उपसमिति बनाएर छानबिन गरेको थियो । उपसमितिमा सांसद यादव पनि सदस्य थिए ।

उपसमितिले बनाएको प्रतिवेदनमा चार अर्ब ३५ करोड ५६ लाख भ्रष्टाचार भएको र त्यसमा संलग्न तत्कालीन पर्यटनमन्त्री, नेपाल वायु सेवा निगमका पदाधिकारीलाई कारबाही गर्न अख्तियारलाई निर्देशन दिने उल्लेख गरिएको थियो ।