नेपाल सीडीएस एन्ड क्लियरिङ हाउसको साधारणसभा सकियो, २० प्रतिशत नगद लाभांश पारित

आर्थिक वर्ष २०७४/७५ मा सीडीएसले ८ करोड ८३ लाख ७२ हजार ९१ रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै गत आर्थिक वर्ष अघिल्लो वर्षको भन्दा ३१.७३ प्रतिशत कम खर्च गरेको थियो ।

काठमाडौं : नेपाल सीडीएस एन्ड क्लियरिङ हाउसले आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश दिने भएको छ । पुस २५ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो ।

आर्थिक वर्ष २०७४/७५ मा सीडीएसले ८ करोड ८३ लाख ७२ हजार ९१ रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै गत आर्थिक वर्ष अघिल्लो वर्षको भन्दा ३१.७३ प्रतिशत कम खर्च गरेको थियो ।

हाल सी आस्वा प्रणालीमा ६४ बैङ्क तथा वित्तीय संस्था आबद्ध भएका छन्, जसबाट सीआरएन नम्बर लिने लगानीकर्ताको सङ्ख्या ७ लाख ६६ हजार छ । त्यसैगरी सीडीएसले तयार पारेको नयाँ एप ‘मेरो सेयर’ प्रयोग गर्ने निक्षेप सदस्यको सङ्ख्या ६५ पुगेको छ ।