नेप्सेमा कारोबारको सुरुवाती समयमा ५१ हजार ८ सय ७५ कित्ता सेयर २२४ रुपैयाँमा खरिदबिक्री भए पनि त्यसपछिको समयमा बेच्ने लगानीकर्ता भेट्टिएनन् ।
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको सेयर कारोबार सुरु भएको दिने सेयर बजार ओरालो लागेको छ । अहिलेसम्मकै धेरै परिणामको सेयर कारोबार सुरु भएको दिन ५ अङ्कको गिरावट आएको छ ।
नेप्सेमा कारोबारको सुरुवाती समयमा ५१ हजार ८ सय ७५ कित्ता सेयर २२४ रुपैयाँमा खरिदबिक्री भए पनि त्यसपछिको समयमा बेच्ने लगानीकर्ता भेट्टिएनन् ।
नेप्सेमा मार्केट डेप्थमा साढे ३ लाख कित्ताभन्दा बढीको सेयर माग भए पनि बेच्न चाहने लगानीकर्ता थिएनन् । उक्त कम्पनीको सेयर नेप्सेमा १ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ । यस्तै आज साताको पहिलो दिन आइतबार नेप्से सबैभन्दा बढी नेपाल बैङ्कको सेयर किनबेच भयो । कम्पनीको ११ करोड ६० लाखको सेयर खरिदबिक्री भएको हो ।
कारोबारको सुरुदेखि नै ओरालो लागेको नेप्से सूचक लगातार ओरालो लाग्दै ५.७८ अङ्क घटेको छ । आज नेप्सेमा १ सय ५८ कम्पनीको ४ हजार ९ सय ७६ कारोबारबाट ११ लाख ६३ हजार कित्ता सेयर किनबेच भई ३७ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । ११८१ अङ्कबाट सुरु भएको नेप्से सूचक ५ अङ्क घटेपछि ११७५ अङ्क कायम भएको छ ।