सनराइज क्यापिटलको साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

कम्पनीको पुस २८ गते सम्पन्न ८ औं वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो ।

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले आफ्ना सेयरधनीरुलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । कम्पनीको पुस २८ गते सम्पन्न ८ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो ।

कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । कम्पनीले सभामा आफ्नो नियमावली संशोधन गरी दुई स्वतन्त्र सञ्चालकसहित कुल ६ जनाको सञ्चालक समिति कायम गर्ने निर्णय गरेको छ ।