चन्द्रागिरी केवलकारको नवौ वार्षिक साधारणसभा सम्पन्न, आईपीओ निष्कासनको प्रस्ताव पारित

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित चन्द्रागिरी हिल्स लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको सोमबार राजधानीमा सम्पन्न नवौ वार्षिक साधारणसभाले १० प्रतिशत अर्थात १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आईपीओ निष्कासन गर्न प्रस्ताव पारित गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रवन्धपत्र तथा नियमावली संशोधन गरेर जारी पुँजी १ अर्ब ५० करोड रुपैयाँ निर्धारण गरेको छ । केवलकार आईएमई ग्रुपलगायत अन्य व्यवसायीक घरनाले सञ्चालनमा ल्याएका हुन् हो । आईपीओ आगामी वर्ष निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

केबुलकार निर्माण अष्ट्रियन ‘डोब्बलमेयर’ कम्पनीले केबलकार निर्माण गरेको हो । राजधानी र मकवानपुर जिल्ला छुने चन्द्रागिरीको डाँडोमा कम्पनीले केवलकारको अतिरित्त रिसोर्ट सञ्चालनमा ल्याउदै छ ।