नेपाल टेलिकमको ५५ रुपैयाँ लाभाश दिने प्रस्ताव पारित

काठमाडौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७४/७५ को नाफा रकममध्येबाट सेयरधनीलाई ५५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको मंगलबार सम्पन्न ११ औं वार्षिक साधारणसभाले प्रति सेयर ५५ रुपैयाँका दरले सेयरधनीलाई नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

लाभांश रकम बुधबारदेखि एनएमबी बैंकमार्फत सेयरधनीलाई वितरण गर्ने व्यवस्था गरिएको टेलिकमकी प्रवत्ता प्रतिभा वैद्यले जानकारी दिइन। गत असारसम्ममा मुलुकमा कम्पनीको भ्वाइस सेवामा बजार हिस्सा ५०.९ प्रतिशत र ब्रोडब्याण्ड डाटा सेवामा बजार हिस्सा ४३.६ प्रतिशत पुगेको उनले जानकारी दिइन ।