कारोबारको तेस्रो दिन माथिल्लो तामोकोसीको सेयर मूल्य ३४ रूपैयाँ बढ्यो

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर मूल्य मङ्गलबार २४ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भई कारोबार सुरु भएको तेस्रो दिनमा सेयर मूल्य ३४ अङ्कले बढेको हो ।

नेप्सेमा माथिल्लो तामाकोसीको साधारण सेयर (आइपीओ) गत साताको विहीबार सूचीकृत भई आइतबारदेखि कारोबार सुरु भएको थियो । आइतबार २२४ रुपैयाँ मूल्यमा कारोबार सुरु भएको कम्पनीको सेयरको कारोबार सोमबार भएन । नेप्सेको प्राविधकि गडबडीका कारण सेयर मूल्य एकै दिन ५० प्रतिशतले बढेपछि कारोबार रद्द भएको हो ।

यस्तै नेप्सेमा सेयर कारोबार सुरु भएको आज तेस्रो दिन आज ३४ अङ्कले बढेर कारोबार भई रहेको छ । नेप्सेमा तामाकोसीको १० करोड ५९ लाख कित्ता सेयर सूचीकृत भएको छ ।