काठमाडौं । गुँरास लाइफ इन्स्याेरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट कायम चुक्ता पुँजीको ८ प्रतिश लाभांश दिने भएको छ । कम्पनीले चुक्ता पुँजीको ८ प्रतिशतका दरले हुने ४ करोड ७५ लाख २० हजार रुपैयाँ बराबरको बोनस सेयर दिने भएको हो ।
हाल कम्पनीको चुक्ता पुँजी ५९ करोड ४० लाख रुपैयाँ छ । यस्तै कम्पनीले कर प्रायोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको निर्णय बिमा समितिबाट पारित भएपछि तथा आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुने छ ।