अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको बोनस खोस्न आफ्नो हात नरहेको बताउँनका साथै पुस मसातमा उत्साहजनक राजस्व सङ्कन भएपछिको प्रभाव पनि सेयर बजारमा देखिएको छ । पुस मसान्तमा सरकारले लक्ष्यको ९३ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पुस मसान्तको प्रभाव सकिएसँगै सूचक हरियाली भएको छ । पुस मसान्तको ब्याजदरको समस्या सकिएसँगै बजारमा एकाएक सुधार आएको हो । यस्तै, अधिकांश सूचीकृत कम्पनीको लाभांश घोषणा, सूचीकृत कम्पनीको वित्तीय विवरण उत्कृष्ट, अनलाइनको समस्या समाधानतर्फ ध्यान दिएकाले सेयर बजारमा सुधार आएको लगानीकर्ता बताउँछन् ।
नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारका अनुसार आगामी दिनमा सेयर बजारले सुधार लिने बताए । अर्थ मन्त्रालयबाट गठित कार्यसमितिको प्रतिवेदनमा सरकार तथा नियामक निकाय सकारात्मक रहनु पनि बजार बढ्नु एउटा कारण भएको उनले बताए ।
यस्तै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको बोनस खोस्न आफ्नो हात नरहेको बताउँनका साथै पुस मसातमा उत्साहजनक राजस्व सङ्कन भएपछिको प्रभाव पनि सेयर बजारमा देखिएको छ । पुस मसान्तमा सरकारले लक्ष्यको ९३ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
आज मङ्गलबार नेप्सेमा १ सय ५८ कम्पनीका ४ हजार ६ सय ३५ कारोबारबाट ८ लाख ३५ हजार कित्ता सेयर खरिदबिक्री भई ३९ करोड रुपैयाँबराबरको कारोबार भएको छ । आज नेप्सेमा नागरिक लगानी कोषको सेयर सबैभन्दा बढी ८ करोड मूल्यबराबरको कारोबार भएको छ ।