काठमाडौंमा माघीको रौनक

थारु जातिहरुले यस पर्वलाई नयाँ वर्षका रुपमा मनाउने गर्छन् । माघे सङ्क्रान्तिका अवसरमा मुलुकका विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रम, जातीय वेशभूषा, मौलिक संस्कृति, बाजागाजा बजाई सबै जना भेला भएर यो पर्व मनाउँछन् ।

आज माघे सङ्क्रान्ति पर्व । यो दिनलाई विशेषगरी थारु जातिले माघीपर्वका रुपमा मनाउँछन् । यससँगै मगरहरुले पनि यो दिन मगर ल्होसारका रुपमा यो पर्व मनाउँछन् ।

खिचडीसहित तिलको लड्डु, सखरखण्ड, चाकु, तरुल खाएर यो पर्व मनाइन्छ । पुसको अन्तिम दिन बनाएका परिकार माघ १ गते खाने परम्पराका पनि छ ।

थारु जातिहरुले यस पर्वलाई नयाँ वर्षका रुपमा मनाउने गर्छन् । माघे सङ्क्रान्तिका अवसरमा मुलुकका विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रम, जातीय वेशभूषा, मौलिक संस्कृति, बाजागाजा बजाई सबै जना भेला भएर यो पर्व मनाउँछन् ।

आज थारु जातिहरुले चाबहिल चुच्चेपाटीस्थित मैदानमा वेशभूषामा सजिएर यो पर्व मनाएका छन् भने मगर जातिहरुले टुँडिखेलमा आफ्नो पर्व मनाएका छन् । हेर्नुहाेस् फाेटाे फिचर