घलेम्दी हाइड्रोको आईपीओ बाँडफाँड, आवेदन दिनेले न्युनतम २० देखि ३० कित्तासम्म पाए

सो कम्पनीको साधारण सेयरमा ५४ हजार ७१८ आवेदन परेका थिए । बिक्री प्रबन्धक भिबोर क्यापिटल लिमिटेडका अनुसार २६ आवेदन रद्द भएका छन् । कूल १० हजार ६९९ जनाले २० कित्ताका दरले र ४३ हजार ९९३ जनाले ३० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

काठमाडौ । घलेम्दी हाइड्रो लिमिटेडको साधारण सेयर (आईपीओ) मंगलबार बाँडफाँड गरिएको छ । कम्पनीले निष्कासन गरेको आईपीओमा आवेदन गर्नेमध्ये ८० प्रतिशतले ३० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने करीब २० प्रतिशतले २० कित्ता सेयर प्राप्त गरेका छन् ।

सो कम्पनीको साधारण सेयरमा ५४ हजार ७१८ आवेदन परेका थिए । बिक्री प्रबन्धक भिबोर क्यापिटल लिमिटेडका अनुसार २६ आवेदन रद्द भएका छन् । कूल १० हजार ६९९ जनाले २० कित्ताका दरले र ४३ हजार ९९३ जनाले ३० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

कम्पनीले यही पुस १९ देखि २३ गतेसम्म १५ लाख ३३ हजार ७७० कित्ता साधारण शेयर बिक्री गरेको थियो । त्यसमा २२ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । ५५ करोड ंरुपैयाँ जारी पूँजी रहेको आयोजनामा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत लगानी रहेको छ ।

घलेम्दी जलविद्युत् आयोजना म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भइरहेको छ । उक्त आयोजनाबाट आगामी फागुनदेखि विद्युत् उत्पादन गर्ने तयारी गरिएको छ । रासस