बुधबार नेप्सेमा ८ करोड ८१ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । १ सय ६९ कम्पनीका ५ हजार २ सय ४१ कारोबारबाट १७ लाख ४४ हजार कित्ता सेयर खरिदबिक्री भई ५३ करोड रुपैयाँको कारोबार भएको छ । मङ्गलबारको तुलनामा आज कारोबार रकम दोब्बरले बढेको हो ।
काठमाडौं । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) तीव्र चलखेलबीच ७ अङ्क घटेर बन्द भएको छ । कारोबार सुरु भएदेखि उकालो लागेको नेप्से सूचक ४ अङ्क बढेर ओरालो लागेको हो । ११९६ अङ्कबाट सुरु भएको सूचक ४ अङ्क बढ्दै १२०० अङ्क पुगेर फर्किएर ७ अङ्कले घटेको हो ।
बुधबार नेप्सेमा ८ करोड ८१ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । १ सय ६९ कम्पनीका ५ हजार २ सय ४१ कारोबारबाट १७ लाख ४४ हजार कित्ता सेयर खरिदबिक्री भई ५३ करोड रुपैयाँको कारोबार भएको छ । मङ्गलबारको तुलनामा आज कारोबार रकम १४ कराेडले बढेको छ ।
मङ्गलबार नेप्सेमा १ सय ५८ कम्पनीका ४ हजार ६ सय ३५ कारोबारबाट ८ लाख ३५ हजार कित्ता सेयर खरिदबिक्री भई ३९ करोड रुपैयाँबराबरको कारोबार भएको छ ।
नेप्सेमा कारोबार भएका ११ समूहमध्ये ३ बाहेक सबै समूह ओरालो लागेपछि नेप्से राताम्मे भएको हो । आज व्यपार, जलविद्युत् र उत्पादनमूलक बाहेक सबै समूह घटेका छन् । निर्जीवन बिमा ११२ अङ्कले घटेको छ ।