शुक्रबारभित्र विमानस्थल सेवा शुल्क बुझाइसक्ने र मङ्गलबारदेखि नियमित उडान गर्ने एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले जानकारी दिए । उनले लगानीकर्ताहरुको नाम भने सार्वजनिक गरेका छैनन् । हाल सौर्यमा १५ जना लगानीकर्ता छन् ।
काठमाडौं : तीन जना लगानीकर्ता भित्रिएसँगै आगामी मंगलबारबाट सौर्य एयरलाइन्सले नियमित उडान गर्ने भएको छ । आर्थिक सङ्कटमा परेको सौर्यले विमानस्थल सेवा शुल्कबापतको विलम्ब शुल्कसहित ४ करोड रुपैयाँ तिर्न नसक्दा एक महिनादेखि जहाज ग्राउन्डेड भएको थियो ।
शुक्रबारभित्र विमानस्थल सेवा शुल्क बुझाइसक्ने र मङ्गलबारदेखि नियमित उडान गर्ने एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले जानकारी दिए । उनले लगानीकर्ताहरुको नाम भने सार्वजनिक गरेका छैनन् । हाल सौर्यमा १५ जना लगानीकर्ता छन् ।
पटकपटक आर्थिक सङ्कटमा पर्दै आएको सौर्य यसअघि पनि एक महिना उडान स्थगन गरेकोे थियो । गैरआवासीय नेपाली (एनआरएन)का हैसियतमा चीनमा व्यवसाय गरिरहेका श्याम अधिकारीसहितको टोलीले खरिद गरेको सौर्य एयरलाइन्सले पुनः लगानीकर्ता भित्र्याएको हो ।
सौर्यले क्यानडामा निर्मित बमबार्डियर सीआरजे २०० जेट जहाजबाट विराटनगर, भैरहवा, भद्रपुर, नेपालगन्ज र धनगढीमा उडान भर्दै आएको थियो । सौर्य एयरलाइन्समा ६ जना क्याप्टेन, ५ जना कोपाइलटसहित २ सय २८ जना कर्मचारी छन् । नयाँ लगानीकर्ता आएसँगै केही महिनाभित्रै ७० सिट क्षमता भएको सीआरजे ७०० जहाज भित्र्याउने उसको योजना छ ।