माथिल्लो तामाकोशीको पहिलो तथा दोस्रो साधारण सभा हुँदै

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पहिलो तथा दोस्रो साधारण सभा विहीबार हुँदै छ । कम्पनीको दुई साधारण सभा एकै पटक हुन लागेको हो ।

तामाकोसी कम्पनीले एक सूचना जारी गर्दै साधारण सेयरधनीहरुलाई उपस्थितीका लागि आह्वान गरेको छ । साधारण सभा दिउँसो साँढे ५ बजे ने.वि.प्रा.को सभाहल, रत्नपार्कमा हुने छ ।