नेपाल आउने पर्यटकलाई नेपालको कलात्मकता देखाउने उद्देश्यसाथ विमानस्थलको गोल्डेन गेटनजिकै दुई चौतारा बनाएर हस्तान्तरण गरिएको हानका महासचिव विनायक शाहाले जानकारी दिए ।
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्ट बनाउने तयारी भएसँगै होटल एसोसिएसन अफ नेपाल (हान)ले कलात्मक शैलीका दुई वटा चौतारा निर्माण गरेको छ ।
नेपाल आउने पर्यटकलाई नेपालको कलात्मकता देखाउने उद्देश्यसाथ विमानस्थलको गोल्डेन गेटनजिकै दुई चौतारा बनाएर हस्तान्तरण गरिएको हानका महासचिव विनायक शाहाले जानकारी दिए ।
नवनिर्मित चौतारा हानका अध्यक्ष अमरमान शाक्य र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । भ्रमण वर्ष २०२० नजिकिरहेको बेला नेपालको कला र संस्कृतिलाई प्रचारप्रसारका लागि कलात्मक चौतारा निर्माण गरिएको हानका अध्यक्ष शाक्यको भनाइ छ ।
विमानस्थलका महाप्रबन्धक क्षेत्रीले बुटिक एयरपोर्ट निर्माणको तयारीमा रहेको बेला हानले कलात्मक चौतारा बनाएर धेरै सहयोग पुगेको बताए । नेपालको पर्यटन क्षेत्रमा त्यस्ता कलात्मक संरचनाले धेरै सहयोग पुगेको उनको भनाइ छ । हानले केही वर्ष अघिदेखि नै विमानस्थल प्रवेशद्वारदेखि भित्रका बगैंचाको व्यवस्थापन गर्दै आएको छ ।