एस्पोमा सहभागी भएर जलविद्युत आयोजना अवलोकन गर्न चाहनेहरुलाई हेलिकोप्टरमार्फत दोर्दी करिडोर, माथिल्लो मस्र्याङ्दी, सोलु करिडोरलगायत स्थानमा निर्माणाधीन जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गर्ने व्यवस्था पनि मिलाइएको छ ।
काठमाडौं : भृकुटीमण्डपमा शुक्रबारबाट दोस्रो हिमालयन हाइड्रो एक्स्पो-२०७५ सुरु भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपाल र इभेन्ट सोलुसन प्रालिको आयोजनामा सुरु भएको मेला तीन दिन चल्नेछ ।
एक्स्पोमा जलविद्युत् प्रवद्र्धक, इक्विपमेन्ट्स सप्लायर, लगानीकर्ता, बैङ्क तथा बिमालगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित क्षेत्रको सहभागिता छ । नेपाल–इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, नेपाल–जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, युरोपियन इकोनोमिक चेम्बर, हाइड्रो निड्स प्रालि, काठमान्डु युनिभर्सिटी, टनेलिङ एसोसिएसन अफ नेपाल, इनर्जी नेपाल म्यागेजिन, टनेलिङ प्रोसेस इन्नोभेसन इन नेपाल, लिटिल स्टार रेकडर््स, बिफोरेस प्रालि, एक्जिबिसन लाइट हाउस, एस इभेन्ट एन्ड मार्केटिङ, एबीबी इन्डिया लिमिटेड, नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीलगायतको सहभागिता छ ।
चीन, भारत, अस्ट्रिया, कोरिया, स्विडेन, जर्मनी, बुल्गेरिया, बेलायतलगायत मुलुकका जलविद्युत् क्षेत्रसँग सम्बन्धित कम्पनी एक्स्पोमा सहभागी छन् । एक्स्पोमा जलविद्युत् आयोजना निर्माणमा प्रयोग हुने यन्त्र, उपकरण तथा सामग्रीसँग सम्बन्धित स्टल राखिएको छ ।
एस्पोमा सहभागी भएर जलविद्युत आयोजना अवलोकन गर्न चाहनेहरुलाई हेलिकोप्टरमार्फत दोर्दी करिडोर, माथिल्लो मस्र्याङ्दी, सोलु करिडोरलगायत स्थानमा निर्माणाधीन जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गर्ने व्यवस्था पनि मिलाइएको छ । हेर्नुहोस् एक्स्पोका तस्बिरहरू