लगइनमा समस्या आएपछि कारोबार बन्द भएको कालिका सेक्युरिटिजका सञ्चालक नरेन्द्र सिजापतिले बताए ।
काठमाडौं । अनलाइनमा समस्या आएपछि सेयर कारोबार प्रभावित भएको छ । केही ब्रोकर कम्पनीमा सेयरको कारोबार बन्द भएको छ ।
लगइनमा समस्या आएपछि कारोबार बन्द भएको कालिका सेक्युरिटिजका सञ्चालक नरेन्द्र सिजापतिले बताए । लगइनमा समस्या आएपछि कारोबार बन्द भएको उनले जानकारी दिए ।
प्राविधिक समस्याले केही ब्रोकरको कारोबार रोकिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडका प्रवत्ता मुराहरि पराजुलीले बताए । केही समयभित्र लगइनको समस्या समधान हुने उनले जानकारी दिए ।