६ दिनमा बढेको नेप्से ३ दिनमा घट्यो

पुस महिनाको मध्यतिर १३९० मा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकले सुधारको गति लिएर गत साताको बुधबार १४५६ अङ्कमा पुगेको थियो । तर, गत साताको अन्तिम दिन बिहीबारदेखि तल झर्न थालेको नेप्से परिसूचक यो साताको अन्तिम दिनसम्म बजारले घट्दो क्रम नै देखायो ।

सेयर बजार परिसूचकले देखाएको अन्यौलता यो साता पनि स्पष्ट हुन सकेन । पछिल्लो समयमा ६ दिनसम्म बजार सूचक बढेर १४५० भन्दा माथि गएको भएपनि पछिल्ला ३ दिनमा पुनः १३ सयभन्दा तल आएको छ ।

पुस महिनाको मध्यतिर १३९० मा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकले सुधारको गति लिएर गत साताको बुधबार १४५६ अङ्कमा पुगेको थियो । तर, गत साताको अन्तिम दिन बिहीबारदेखि तल झर्न थालेको नेप्से परिसूचक यो साताको अन्तिम दिनसम्म बजारले घट्दो क्रम नै देखायो । यो साता नेप्सेमा तीन दिन मात्र सेयर कारोबार भएको छ । यो तीन दिनमा नेप्से परिसूचक ३३ अङ्कले घटेको छ । यो साता नेप्से परिसूचकसँगै कारोबार रकममा पनि करिब ३६ प्रतिशतले कमी आएको छ । धितोपत्र बजारमा सेयर अधिक आपूर्ति तथा वित्तीय प्रणालीको समस्याका कारण बढ्दो ब्याजदरका कारण सेयर बजार घटेको हो ।

यो साताको पहिलो दिन कारोबार सुरु हुँदा १४४०.२९ अङ्कमा रहेको नेप्से साताभर घटेर १४०६.५२ अङ्कमा झरेको छ । नेप्से सूचकसँगै ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स पनि ६.८२ अङ्कले घटेको छ । यो साता नेप्सेमा कारोबार भएका सम्पूर्ण समूहगत सूचकहरु घटेका छन् । यो साता बैङ्किङ २८.२७, विकास बैङ्क ४३.९७, वित्त १६.६२, लघुवित्त ३९.९९, बिमा १८७.१९, जलविद्युत् ५९.८८, उत्पादन मूलक ५४.२६, ब्यापार २.८७ र अन्य समूह १६.२४ अङ्कले घटेका छन् ।

यो साता नेप्सेमा १७० कम्पनीहरुको १२ हजार ७ सय २८ कारोबारबाट एक अर्ब नौ करोड ५४ लाख ८५ हजार रुपैयाँ बराबरका २४ लाख ६१ हजार छ सय कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । यो कारोबार गत साताको तुलनामा ३५.९८ प्रतिशत कम हो । गत साता नेप्सेमा १७४ कम्पनीहरुको १७ हजार ३ सय ९३ कारोबारबाट एक अर्ब ७१ करोड १२ लाख ८४ हजार रुपैयाँ बराबरका ४१ लाख पाँच हजार दुई सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

यो साता सानिमा माई हाईड्रोपावर लिमिटेडको धेरै सेयर, रकम बराबरको कारोबार भएको छ । यो साता पनि नेप्सेमा संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

कारोबार रकमका आधारमा साताका उत्कृष्ठ ५ कम्पनीहरु: