सोमबार नेप्सेमा जलविद्युत र निर्जीवन बिमा समूह सबैभन्दा बढी अङ्कले ओरालो लागेका छन् । आज गोर्खा फाइनान्सको सेयर मूल्य करिब ५ प्रतिशतले बढेको छ । आज नेप्से ११७९ अङ्कबाट सुरु भएको थियो ।
काठमाडौं : माथिल्लो तामाकोसीका लगानीकर्ताले एकै दिन प्रतिकित्ता २९ रुपैयाँ गुमाएका छन् । सोमबार ९ प्रतिशतले घटेको तामाकोसीको सेयर सबैभन्दा बढी मूल्यको कारोबार भएको छ ।
ज तामाकोसीको १० करोड ९१ लाख रुपैयाँको कारोबार भएको हो । सोमबार १०.८६ अङ्कले घटेको नेप्से ११६८ अङ्क कायम भएको छ ।
कारोबार सुरु भएदेखि ओरालो लागेको नेप्सेमा १ सय ६६ कम्पनीका १२ लाख ६५ हजार कित्ता सेयर खरिदबिक्री भई ३६ करोड ७७ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत ११ समूहकै कारोबार भएको दिन फाइनान्सबाहेक सबै समूह ओरालो लागेका छन् । सोमबार नेप्सेमा जलविद्युत र निर्जीवन बिमा समूह सबैभन्दा बढी अङ्कले ओरालो लागेका छन् ।
आज गोर्खा फाइनान्सको सेयर मूल्य करिब ५ प्रतिशतले बढेको छ । आज नेप्से ११७९ अङ्कबाट सुरु भएको थियो ।