सुरु भयो शालिनदी मेला (फोटो फिचरसहित)

स्वस्थानी र माघ स्नान सुरु भएसँगै आजैदेखि एक महिनासम्म साँखुस्थित शालिनदीमा माघ स्नानसहित माधवनारायण मेला लागेको छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ । स्वस्थानी र माघ स्नान सुरु भएसँगै आजैदेखि एक महिनासम्म साँखुस्थित शालिनदीमा माघ स्नानसहित माधवनारायण मेला लागेको छ ।

यो ठाउँ उपत्यकाको उत्तरपूर्वी क्षेत्रमा पर्छ । उपत्यकाबाट १८ किमि दूरीमा छ । पार्वतीले स्वस्थानीको व्रत बसेर महादेव पति पाएको र संसारमा दुःखीहरुको उद्धारका लागि महादेवकै स्वीकृतिमा उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको बताइन्छ ।
हेर्नुहोस्, साँखुस्थित माधवनारायण मेलाका केही तस्बिर