उद्योग प्रभावित स्थानीयलाई आस्वाको व्यवस्था मिलाउन बोर्डको निर्देशन

बोर्डले उद्योग प्रभावित स्थानीय वासिले आवेदन दिँदा झन्झट व्योहोर्नु पर्नुका साथै धितोपत्र बाँडफाँटपछि सेयर नपरेको पैसा फिर्ता लिन तथा धितोपत्र प्रमाणपत्र लिनका लागि झन्झ भईरहेको बताएको छ ।

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले उद्योग प्रभावित स्थानीय वासीन्दाका लागि आस्वा प्रणाली व्यवस्था गर्न निर्देशन दिएको छ । बोर्डले आयोजना प्रभावित स्थानीय वासिलाई सेयरमा आवेदन दिन असहज भएको भन्दै नयाँ व्यवस्था लागु गर्न निर्देशन दिएको हो ।

बोर्डले उद्योग प्रभावित स्थानीय वासिले आवेदन दिँदा झन्झट व्योहोर्नु पर्नुका साथै धितोपत्र बाँडफाँटपछि सेयर नपरेको पैसा फिर्ता लिन तथा धितोपत्र प्रमाणपत्र लिनका लागि झन्झ भईरहेको बताएको छ । हाल आस्वा प्रणाली देशभर पुगिसकेको बताएको बोर्डले लागु गरेको २०७५ माघ १ को निर्देशन अुनसार उद्योग सञ्चालित क्षेत्रका वासिन्दालाई पनि आस्वा प्रणालीबाट आवदेन दिन पाउने व्यवस्था गर्न निर्देशन गरेको हो ।

साथै उद्योग वा आयोजना प्रभावित क्षेत्रका स्थानीयले प्राप्त गरेको सेयर बाँडफाँट भएको तीन वर्षसम्म बिक्री गर्न नपाइने व्यवस्थामा स्थानीयले खरिद गरेको सेयर कारोबार योग्य नहुन्जेल आस्वा प्रणालीमार्फत आवेदन दिने प्रयोजनार्थ खोलेको डिम्याट खाताको वार्षिक नवीकरण शूल्क प्रोत्साहन स्वरुप मिनाह दिने व्यवस्था गर्न लागिएको बोर्डले जनाएको छ ।